ताजा समाचार

ग्लोबल आइएमई बैंकका शेयरधनीले प्राप्त गरे लाभांश

आइतबार, ०८ पुस २०८०, १० : १४

काठमाडौं - ग्लोबल आइएमई बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश वितरण गरेको छ।

बैंकले हितग्राही खातामा बैंक खाता नं.अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गरेको हो । यस बैंकको मंसिर २८ गते सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

सोही नगद लाभांश बैंकले शेयरधनीको खातामा मंसिर २८ गतेदेखि आईपीएसमार्फत् जम्मा गरेको जनाएको छ । साथै, हालसम्म पनि हितग्राही खातामा बैंक खाता र प्यान नम्बर अद्यावधिक नगराएका शेयरधनीलाई यथासिघ्र अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

आइतबार, ०८ पुस २०८०, १० : १४

प्रतिक्रिया