ई–सेवाको क्रिसमस अफर सार्वजनिक

४ महिना अगाडि

काठमाडौँ- भुक्तानी सेवा प्रदायक ई–सेवाले इसेवा केयरसुविधामा क्रिसमस अफर अन्तरगत ३६ हजार क्यासब्याक पाइने अफर सार्बजनिक गरेकोछ।

दैनिक एक रुपैयाँभन्दा कममै हेल्थकेयर सुविधा लिन सकिने ई-सेवा केयरमा यस्तो अफर सार्बजनिक गरिएको हो।अफरअन्तरगत वर्षको ३६० रुपैयाँमा २लाख ३० हजारसम्मको कभरेज प्रदान हुनेछ।

यो सेवा पुस ८ गते खरिद गरेमा एकजना भाग्यशाली बिजेताले १०० गुणा अर्थात् ३६हजार रुपैयाँको क्यासब्याक पाउने छन्।

ई– सेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई ध्यानमा राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ।

यस सुविधा प्रयोग गर्नका लागि ई–सेवाको मोबाइल एप्समा गएर ई सेवाकेयरसेवा अन्तर्गत दैनिक एक रुपैयाँभन्दा पनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिने छ।

जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूकासाथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन्।

यस प्याकेजअन्तर्गत हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट २ लाख ३० हजारसम्मको दुर्घटना उपचार खर्च रअस्पतालको बेडशुल्कको बीमा दाबी गर्न सकिने छ।जसअन्तर्गत अस्पतालको बेड चार्जमा १० हजार रूपैयाँसम्म र २ लाख २० हजार सम्मको दुर्घटना बीमा उपलब्ध छ।साथै विभिन्न स्वास्थ्यसेवामा ३० प्रतिशतसम्मको छूट पनि पाउने व्यवस्था छ ।

यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन इन्स्योरेन्समा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्ने छ।खरिदकर्ता ले ई–सेवामार्फत् पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रक्रिया सुरु गर्न सक्दछन्।

हाल ई–सेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत ८० लाख बढि ग्राहकले सेवा लिइरहेका छन्।  ई–सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसकोटिकट, स्कुल कलेजको शुल्कभुक्तानी गर्न सकिन्छ ।

४ महिना अगाडि

प्रतिक्रिया