ताजा समाचार

कात्तिक महिनासम्म १२ अर्ब ७४ करोड ७१ लाख बीमाशुल्क सङ्कलन

मंगलबार, १० पुस २०८०, ०७ : ४८

काठमाडौं । सरकारले अनिवार्य गरेको बीमा व्यवसायमा चालु आर्थिक वर्षको कात्तिक महिनासम्म बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संचालनमा रहेका निर्जीवन बीमा पोलिसीहरुमध्ये मोटर बीमा व्यवसायले झण्डै ३० प्रतिशत हिस्सा ओटगेको छ । 

निर्जीवन बीमा कम्पनीले चालु आवको कात्तिक महिनासम्ममा १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले कात्तिक महिनासम्ममा आठ लाख ९४ हजार ५२४ वटा बीमालेख जारी सो बराबरको व्यवसाय गरेका हुन् ।

 कम्पनीहरुले मोटर बीमाबाट चार अर्ब २४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा कम्पनीहरुले सबैभन्दा धेरै बाग्मती प्रदेशबाट कम्पनीहरुले दुई अर्ब ३५ करोड ७४ लाख रुपैयाँको मोटर बीमा व्यवसाय गरेका छन् । त्यस्तै, यस अवधिमा कम्पनीहरुले तीन अर्ब १९ करोड ७५ लाख रुपैयाँको सम्पत्ति बीमाको व्यवसाय गरेका छन् ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेग्गा जोखिम बीमाबाट एक अर्ब ५८ करोड ३७ लाख रुपैयाँ, सामुन्द्रि बीमालेखबाट ७२ करोड ७४ लाख रुपैयाँ, हवाईबाट ७३ करोड ५७ लाख रुपैयाँ, कृषि तथा बाली ६४ करोड रुपैयाँ र लघुबीमाबाट दुई करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

मंगलबार, १० पुस २०८०, ०७ : ४८

प्रतिक्रिया