धेरै  डिजिटल  कारोबार  गर्ने  भुक्तानी  सेवा प्रदायकको  रुपमा  खल्ती  सम्मानित

४ महिना अगाडि

काठमाडौँ- नेपालको सबैभन्दा  धेरै  डिजिटल  कारोबार  गर्ने  भुक्तानी  सेवा प्रदायकको  रुपमा  खल्ती  सम्मानित भएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा डिजिटल वालेट खल्तीलाई सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मानित गरेको हो ।  


खल्तीले मोबाइल रिचार्ज, बिल भुक्तानी र टिकट बुकिंगसहित सेवाहरूको विस्तृत श्रृंखलाको साथ वित्तीय समावेशीकरणलाई बढावा दिन काम गरिरहेको छ ।
साथै डिजिटल  वालेट खल्तीले  पछिल्लो  समय, मुभिर सिनेमा टिकेटिङ, क्यापिटल मार्केटको भुक्तानी, विभिन्न  सरकारी  सेवाहरुको  भुक्तानीमा  समेत  काम गर्दै  आएको  छ ।

सम्मानपछि खल्तीका प्रमुख कार्यकारी  अधिकृत  बिनय खड्काले नेपालमा वित्तीय समावेशीकरण सृजना गर्ने उद्धेष्यका साथ सुरू गरिएको खल्तीले अझ नबिनतम  सेवा तथा  सुबिधाहरु  ल्याई  निर्बाध डिजिटल भुक्तानीका कार्यहरु गर्ने बताएका छन् । 

४ महिना अगाडि

प्रतिक्रिया