ताजा समाचार

जीबी राईसहित चारजनाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी प्रक्रिया सुरु

विहीबार, १२ पुस २०८०, ०७ : ०७

काठमाडौँ । पोखरास्थित सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न प्रहरीले प्रक्रिया थालेको छ। 

जीवी राईसहित ४ जनाविरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) मा पत्राचार गरिएको छ । अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएको छ। 

प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सो नोटिस जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखालाई पुस ५ मा पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतका अनुसार एनसिबी काठमाडौँले इन्टरपोल महासचिवालयलाई पत्राचार गरिसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङविरुद्ध डिफ्युज जारी गर्न पत्राचार गरेको छ ।

 

विहीबार, १२ पुस २०८०, ०७ : ०७

प्रतिक्रिया