इसेवाबाट थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने

४ महिना अगाडि

काठमाडौँ - भुक्तानी सेवा प्रदायक इसेवामार्फत  थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने भएको छ । लामो समयदेखि पार्कले आगन्तुक पाहुनाहरुलाई स्वच्छ सफा हरियाली वातावरणमा  पिकनिक तथा घुमघामको लागि व्यवस्था गर्दै अहिरहेको छ। 

 पार्कमा प्रवेश गर्न एक निश्चित रकम प्रवेश शुल्क छ जुन अब इसेवाबाट सजिलै तिर्न सकिने भएको हो।

 हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएसमा ८० लाख बढी ग्राहकले सेवा लिइरहेका छन् । 
 

४ महिना अगाडि

प्रतिक्रिया