काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
आज त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो। सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी कुल १०.५५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
त्यसै गरी सभाले बैंकको आर्थिक वर्ष २०७९र८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष२०७९ / ८० वार्षिक आर्थिक विवरण असार मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९/ ८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
प्रतिक्रिया