ताजा समाचार

सिटिजन्स बैंकको सञ्चालकमा विनोद आत्रेय नियुक्त

आइतबार, १५ पुस २०८०, ११ : ०८

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा विनोद आत्रेय नियुक्त भएका छन्।

बैंकको  गत पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आत्रेयलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । उनलाई सोहि दिनदेखि लागु हुनेगरी सञ्चालक नियुक्त गरिएको हो । 

करीब ४० वर्ष केन्द्रिय बैंकरको अनुभव संगालेका विनोद आत्रेयले तालिम तथा विकास,रणनितीक योजना,मानव स्रोत व्यवस्थापन,कार्यालय तथा सामान्य प्रशासन र सुक्ष्म सञ्चालनका क्षेत्रमा दक्षता हासिल गरेका छन् ।  उनले संयुक्त राष्ट्र संघ अन्तर्गतका परियोजनामा आईल्याण्डका देशहरुमा काम गरिसकेका छन् । यसका उनी सरकारी बैंकको सीईओ रहिसकेका छन् । 


 

आइतबार, १५ पुस २०८०, ११ : ०८

प्रतिक्रिया