ताजा समाचार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ब्याज छूटको व्यवस्था

आइतबार, १५ पुस २०८०, १३ : १२

काठमाडौँ- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छूटको व्यवस्था गरेको छ ।

कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको हो । कम्पनीले पुस १५ गतेदेखि आगामी पुस २२ गतेभित्र नविकरण गराउने बीमितलाई ब्याजमा ३५ प्रतिशत छुट प्रदान गरिने जनाएको छ । यो व्यवस्थाको लाभ उठाई आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले सुचित गरेको छ । 

कम्पनीका अनुसार यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने छ । २०८१ पुस १५ गतेभित्र परिपक्व हुने परिपक्व हुने बीमालेखकहरुमा भने यो छुट प्रदान नगरिने कम्पनीले स्पष्ट पारेको छ । 

आइतबार, १५ पुस २०८०, १३ : १२

प्रतिक्रिया