ताजा समाचार

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीईओमा भण्डारी

सोमबार, १६ पुस २०८०, १७ : १८

काठमाडौँ - नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दामोदर भण्डारी नियुक्त भएका छन् । 

कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम भण्डारीलाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । 

 कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखरकुमार रायमाझीको कार्यकाल गत पुस ११ मा समाप्त भएको थियो । 

नवनियुक्त निमित्त सीईओ दामोदर भण्डारी कम्पनीको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।   

सोमबार, १६ पुस २०८०, १७ : १८

प्रतिक्रिया