ताजा समाचार

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

मंगलबार, १७ पुस २०८०, १४ : १०

काठमाडौँ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल ५.२६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत भदौ १५ गते सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

 

मंगलबार, १७ पुस २०८०, १४ : १०

प्रतिक्रिया