आन्तरिक उडानको सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि

मंगलबार, १७ पुस २०८०, १६ : ३६

काठमाडौं- सन् २०२३ मा आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुको सङ्ख्या बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा आन्तरिकतर्फ उडान गर्ने यात्रु सङ्ख्यामा ३७.४८ र अन्तर्राष्ट्रियतर्फ ४१.०४ प्रतिशत वृद्धि भएको हो। सन् २०२३ को नोभेम्बर अर्थात् ११ महिनामा ७७ लाख ९४ हजार २१७ यात्रुले आन्तरिक उडानको सेवा लिएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरेको छ ।

सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ५४ हजार ३९३ यात्रुले उडान सेवा लिएका छन्। नेपालबाट विभिन्न १६ देशका वायुसेवा कम्पनीले ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएका छन्।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आउजाउ गर्ने यात्रु सङ्ख्या बढेको प्राधिकरणले बताएको हो। आन्तरिकतर्फ २१ वटा वायुसेवा कम्पनी दर्ता रहे पनि १९ कम्पनीले नियमित उडान गर्दै आएका छन्।

मंगलबार, १७ पुस २०८०, १६ : ३६

प्रतिक्रिया