ताजा समाचार

गुराँस लघुवित्तको एजीएम आज ११बजे बस्दै, सेयरधनीको हात खाली

बुधबार, १८ पुस २०८०, ०८ : १७

काठमाडौं : गुराँस लघुवित्तको आज बुधबार पुस १८ गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभा, भेडेटार भिलेज रिसोर्ट, धनकुटामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

 यो पटक लाभांश वितरण सम्बन्धी एजेन्डा छैन। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय गरेको छ । सोही कारण यसपटक कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्ष भने ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।सभा प्रयोजनार्थ कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ । पुस ३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । 

बुधबार, १८ पुस २०८०, ०८ : १७

प्रतिक्रिया