अंग्रेजीे नयाँ वर्षको उत्सवमा रेड्मी १२ सी को मूल्य घट्यो

४ महिना अगाडि

काठमाडौं । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सी मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनुको लागि रेड्मी १२ सी को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौं र हामी विश्वस्त छौं कि रेड्मी १२ सी को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहनेछ । ”

कम्पनीका अनुसार मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ ।

मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५ हजार यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डीं डिस्प्ले रहेको छ । फोनको फिंगरप्रिन्ट सेन्सरले तपाईंको डाटा २४÷७ सुरक्षित छ भनी सुनिश्चित गर्दछ ।

रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४ जीबी ६४ जीबी र ६जीबी १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ । रेडमी १२ सी ४ं६४ जीबी –वास्तविक मूल्य १४ हजार ४९९ र छुट मूल्य १२ हजार ९९९ रहेको छ। रेडमी १२ सी ६ं१२८ जीबी –वास्तविक मूल्य रु १६ हजार ९९९ र छुट मूल्य १५ हजार ९९९ रहेको छ । रेडमी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ।
 

४ महिना अगाडि

प्रतिक्रिया