ताजा समाचार

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीबीच सम्झौता

बुधबार, १८ पुस २०८०, १५ : ४७

काठमाडौँ- प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीसँग आफ्ना हितग्राहीलाई सेवामा छूट दिन व्यवसायिक सम्झौता गरेको छ । 

सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 
 
बुधबार गरिएको उक्त सम्झौता आगामी दुई वर्षका लागि लागू हुने कम्पनीले बताएको छ ।
सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रूप अन्र्तगतको होटेल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफे आदिमा सेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २० प्रतिशत छूट अफर पाउने छन् ।
 

कम्पनीका ग्राहकले आफ्नो डिम्याट कन्र्फमेशन तथा परिचय पत्र देखाई देखाउनु पर्नेछ। कम्पनीले हितग्राही९डिम्याट० खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।

सिद्धार्थ ग्रूपले नेपालको विभिन्न जिल्लाहरुमा हस्पिटयालिटी सेवाहरु दिंदै आएको छ, जसमा हाल १४ होटेल तथा रिर्सोट, चार वटा रेष्टुरेन्ट रहेको छ तथा दुई वटा क्याफेसमेत गरि २० स्थानबाट सेवा दिंदै आएको छ । 

बुधबार, १८ पुस २०८०, १५ : ४७

प्रतिक्रिया