आइएमईको सात वटै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न

४ महिना अगाडि

काठमाडौँ- रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सात वटै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न  गरेको छ । 

गत मंसिरबाट सात वटै प्रदेशमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थिति रहेको कम्पनीले बताएको छ । 

उक्त साक्षरता सम्बन्धि कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स र यसको प्रयोग बिषयमा केन्द्रित रहेर रेमिटेन्समार्फत् प्राप्त भएको रकम सुरक्षित रूपमा कसरि हस्तान्तरण गर्ने , रेमिटेन्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले विशेषगरि के कुरामा ध्यान पुरयाउने तथा रेमिटेन्सको डिजिटल प्रगोग सम्बन्धि बिषयमा रहेर प्रशिक्षण दिइएको थियो । 

कम्पनीले आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध रहेको पनि बताएको छ ।

साथै कम्पनीले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै दु स् ख गरि कमाएको रकमको सुरक्षाको होस भन्ने उद्धेष्यले कार्यक्रम गरेको बताएको छ ।

४ महिना अगाडि

प्रतिक्रिया