ताजा समाचार

एक कम्पनीको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन

विहीबार, १९ पुस २०८०, ०८ : ४८

काठमाडौँ- सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर खरिदका लागि योग्य हुने आज आज (पुस १९) गते अन्तिम दिन रहेको छ । 

कम्पनीले १ः१ अनुपातमा निष्कासन गर्न लागेको १०० रुपैयाँ अंकित दरका हकप्रद सेयरका योग्य हुने आज अन्तिम दिन रहेको हो ।  

कम्पनीले हकप्रद निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ आजसम्म कायम सेयरधनीमात्रै यो हकप्रदका लागि योग्य हुनेछन् । कात्तिक २० र २१ गते नेप्सेमा कारोबार नहुने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीमात्रै हकप्रदका लागि योग्य ठहरिनेछन् ।  

विहीबार, १९ पुस २०८०, ०८ : ४८

प्रतिक्रिया