काठमाडौँ- नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ।
बैंकले गत पुस १३ गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाबाट पारित ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खाता तथा डिम्याट खातामा जम्मा गरेको हो।
.
.बैंकले पुस १३ गतेपश्चात सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा नगद लाभांस जम्मा गर्ने व्यवस्था गरिएको जनाएको छ । त्यस्तै अभौतिक सेयर धारण गरेकाको हितग्राही खातामा र भौतिक सेयर धारण गरेकाको सेयर अभौतिकिकरण गराएपश्चात हितग्राही खातामा जम्मा गरिने जनाएको छ ।
प्रतिक्रिया