‘एनआईबिएल स्टेबल फण्ड’ को सार्वजनिक निकाष्नस आगामी माघमा हुने

शुक्रबार, २० पुस २०८०, ०८ : ३०

काठमाडौँ- एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईबिएल स्टेबल फण्ड’ को सार्वजनिक निकाष्नस आगामी माघ २ गतेदेखि हुने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्यापिल योजना व्यवस्थापक रहेको ‘एनआईबिएल स्टेबल फण्ड’को १० करोड  इकाइ सर्वसाधारणका लागि माघ २ गतेदेखि बिक्री खुला गरिन लागेको हो । 

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक एनआईबिएल एस क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४० लाख  इकाइ कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गर्न लागिएको हो । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ ५ गते र ढिलोमा माघ १६ गते बैंकिङ समयपछि हुनेछ ।

शुक्रबार, २० पुस २०८०, ०८ : ३०

प्रतिक्रिया