सानिमा बैंकको नव वर्ष योजना, डेबिट कार्डमा २४% को छूट

शुक्रबार, २० पुस २०८०, १३ : ४३

काठमाडौँ - सानिमा बैंकले नयाँवर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ ।योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा २४ प्रतिशतको छूट प्राप्त गर्नेछन् । यो योजना आगामी पुस २२ देखि २०८० माघ ११ गतेसम्म लागू हुने कम्पनीले बताएको छ ।

 कम्पनीले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्दै नगदरहित कारोबारका लागि प्रोत्साहन गर्दै आएको छ ।कम्पनीको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

यसैगरी, कम्पनीले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा आकर्षक छूटको व्यवस्था मिलाएको पनि बताएको छ ।

 

शुक्रबार, २० पुस २०८०, १३ : ४३

प्रतिक्रिया