काठमाडौँ - हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को वित्तिय कारोबार र नाफाबाट आफ्ना सेयरधनी लगानीकर्तालाई लाभांश नदिने भएको छ । २०८० पुस १९ गते राजधानीमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आ।व।को नाफाबाट नगद तथा बोनस कुनैपनि लाभांश नबाढ्ने निर्णय गरेको हो ।
तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तीनवटा कम्पनी मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बनेको थियो ।उक्त तीनवटै कम्पनीको अघिल्लो वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको हो । उक्त जानकारी कम्पनीले शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी गराएको छ ।
प्रतिक्रिया