प्रभु इन्स्योरेन्सको सीईओमा पुन बज्राचार्य चयन

आइतबार, २२ पुस २०८०, ११ : ४२

काठमाडौँ- प्रभु इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनस्  सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । 

 कम्पनीको ४३० औं सञ्चालक समितिको बैठकले उनलाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरि चार वर्षको लागि सीईओ नियुक्त गरिएको हो ।

बीमा ऐन २०७९ को दफा ५७ (१) अनुसार उनलाई सीईओ नियुक्त गरिएको कम्पनीले बताएको छ ।

आइतबार, २२ पुस २०८०, ११ : ४२

प्रतिक्रिया