दराजसँगको सहकार्यमा भिभो स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफर

३ महिना अगाडि

काठमाडौँ - भिभोले अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको छ । यो विशेष अफरहरू जनवरी ५ देखि ११ जनवरीसम्म दराज नेपालमा मात्र लागू हुनेछन्।

 यस अफरमा धेरै स्मार्टफोनहरू समावेश गरिएका छन् जसमध्ये रु १३,५९९ सुरुवाती मूल्य रहेको भिभो वाई१एस (२ं३२ जीवी) रु ९,९९९ मा उपलब्ध रहेको छ । त्यस्तै रु २३,९९९ सुरुवाती मूल्य रहेको भिभो वाई२०एस (४ं१२८ जीवी), रु १४,९९९ मा उपलब्ध हुनेछ । रु २५,४९९ सुरुवाती मूल्य रहेको वाई२२एस  (६ं१२८ जीवी) अहिले एकदमै आकर्षक मूल्य रु १७,९९९ मा उपलब्ध हुनेछ । भी सिरिजकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन भिभो भी२५ई (८ं१२८ जीवी) हाल रु ३१,९९९ मा उपलब्ध हुनेछ । यस स्मार्टफोनको सुरुवाती मूल्य रु ३९,९९९ रहेको थियो । त्यसैगरी, रु ५२,९९९ सुरुवाती मूल्य रहेको भिभो भी२५ फाइभजी (८ं१२८ जीवी), हाल निकै सुलभ मूल्य रु ४१,९९९ मा उपलब्ध रहेको छ । 

 यसका साथै भिभोले ग्राहकहरूलाई अन्य स्मार्टफोन खरिदमा पनि विशेष अफरहरू ल्याएको छ । ग्राहकहरूले रु १५००० मूल्य भन्दा कमको स्मार्टफोन मोडेलहरूको खरिदमा बोतल प्राप्त गर्नेछन्, भने रु १५,००० देखि रु २०,००० मूल्य दायराको स्मार्टफोन खरिदमा निकै ट्रेंडी साइडब्याग प्राप्त गर्नेछन् । त्यस्तै रु २०,००० देखि र रु ३५,००० बिचको मूल्यका भिभो स्मार्टफोनहरूको खरिदमा ग्राहकहरूले उच्च गुणस्तरका ब्लुटुथ स्पिकरहरू प्राप्त गर्न सक्नेछन् भने रु ३५,००० भन्दा माथिका स्मार्टफोनहरूका लागि इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उत्कृष्ट इयरबडहरू प्राप्त गर्नेछन् । दराजले भिभोसँगको सहकार्यमा सबै मोडलहरूमा रु ५०० देखि १००० का भाउचरहरू उपलब्ध गरिएको छ ।

३ महिना अगाडि

प्रतिक्रिया