एनएमबि बैंकले गर्यो नयाँ अस्पताल वार्ड निमार्णका लागि रु.२५ लाख सहयोग

आइतबार, २२ पुस २०८०, १७ : ३७

काठमाडौँ - एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने उद्देश्यसहित यो सहयोग गरिएको बैंकले जनाएको छ । 

 एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र हस्पतालका अध्यक्ष डा.भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको  छ । एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ 
 

आइतबार, २२ पुस २०८०, १७ : ३७

प्रतिक्रिया