नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

सोमबार, २३ पुस २०८०, १८ : ३६

काठमाडौँ - नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने ‘इम्प्लोइ स्कील इन ह्यान्समेण्ट वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा जीवन बीमाव्यवसायसँग सम्वन्धित विभिन्न वर्तमान पाटो बारे विवेचना गरी आगामी वर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र रणनीतिबारे सहभागीलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा विभागिय प्रमुख तथा देशभरबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जनाभन्दा बढिको सहभागिता थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको वर्तमानस्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बीमाबजारमा अग्रस्थानमा पुर्‍याउन प्रशासनिक कर्मचारीहरुको पनि हुने बताए ।साथै उनले दक्षकर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने पनि बताए ।

कार्यक्रममा मोटिभेसनल स्पीकर मानसी अग्रवालले सबै कर्मचारीहरु कमपनीको ब्राण्डएम्वेसडर रहेको र कम्पनीको प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्नेतर्फ सचेत रहन आग्रह गरे ।उक्त अवसरमा कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्नगर्ने क्रममाविभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्ने उदेश्यले विभागीय प्रमुखहरु र प्रशासनिक कर्मचारीहरु बीच अन्तरक्रिया पनि गरिएको थियो । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सुदूरपश्चिमप्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यमबनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धीकरण गर्न सकिनेतर्फ सचेत रहन आग्रह गरे । कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँचगर्नका लागि सहभागी प्रशासनिक कर्मचारीहरुको परीक्षा पनि सञ्चालन गरिएको थियो  । परीक्षाबाट प्रथम द्धित्तिय र तृत्तिय हुन सफल क्रमशः सुरक्षा सिंह, चुडामणी गौतम र खगेन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कारसहित सम्मान गरेका थिए ।

सोमबार, २३ पुस २०८०, १८ : ३६

प्रतिक्रिया