साढे सात हजार बचतकर्ताको बिचल्ली,  कान्तिभैरवका अध्यक्ष पक्राउ

मंगलबार, २४ पुस २०८०, १४ : २१

काठमाडौं – सहकारीको बदमासी एक पछि अर्को बाहिर आइरहेको बेला  सञ्चालक र कर्मचारीहरु धमाधम समातिन थालेका छन् । 

काठमाडौँको गोकर्णेश्वर नगरपालिका(८) मा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारीलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवं संरक्षक प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठ रहेका छन् । 
उनीहरुले आपसी मिलेमत्तोमा सात हजार ७०० बचतकर्ताको १ अर्ब २१ करोड हिनामिना गरेको बचतकर्ताको दावी छ । सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइसमेत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

 सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक चन्द्रप्रसाद पौडेल भने अझै फरार रहेको प्हरीले जनाएको छ । छन्। 

मंगलबार, २४ पुस २०८०, १४ : २१

प्रतिक्रिया