कुमारी बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

बुधबार, २५ पुस २०८०, ११ : २७

काठमाडौँ- कुमारी बैंकले माघ २८ गतेका साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले सभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९र८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गर्ने भएको हो ।

बुधबार, २५ पुस २०८०, ११ : २७

प्रतिक्रिया