एनसेल शेयर खरिदबिक्री प्रकरण छानबिन समितिको म्याद थप प्रगति कति ?

३ महिना अगाडि

काठमाडौं । एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री प्रकरण छानबिन गर्न बनेको उच्च स्तरीय छानबिन समितिको म्याद थप गरिएको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले एक महिनाको अवधिमा कुनै प्रगति नभएपछि उक्त समितिको म्याद थप गरेको हो । हिजो समितिको एक महिना अवधि पुरा भएको छ ।

यो अवधिमा एनसेल शेयर खरिद बिक्रीको कुनै कागजात उपलब्ध नभएपछि पुनः समय थप गरिएको हो । मन्त्रीपरिषद्को निर्णयमा भनिएको छ ‘एनसेलको शेयर खरिद बिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न नेपाल सरकार मन्त्रीपरिषद्को २०८०-८- २१ को निर्णयअनुसार गठित समितिको कार्यावधि माघ १५ गतेसम्म थप गर्ने।’ 

छानबिन समितिले उक्त समितिको पुनः महिना दिन थप्न सरकारलाई सिफारिस गरेको थियो । एनसेल शेयर खरिद–बिक्री प्रकरण छानबिन गर्न सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वको पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।
 

३ महिना अगाडि

प्रतिक्रिया