लाभांश दिने घोषणा रद्दः धौलागिरी लघुवित्त

विहीबार, २६ पुस २०८०, १२ : ०४

काठमाडौँ - धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश दिने घोषणालाई रद्द गरेको छ ।

कम्पनीको गत पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट गरेको लाभांशलाई रद्द गर्दै वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । अब सेयरधनीले गत आवको मुनाफाबाट लाभांश नपाउने भएका छन् ।

विहीबार, २६ पुस २०८०, १२ : ०४

प्रतिक्रिया