काठमाडौँ - कामना सेवा विकास बैंकले माघदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ प्रतिशत र संस्थागतको ७ प्रतिशत दिने भएको छ। पुसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.६० प्रतिशत र संस्थागतको ७.६० प्रतिशत थियो।
बैंकले निक्षेप बचत खाताको ब्याजदर न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म दिने भएको छ। पुसमा यी खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतममा ७.६० प्रतिशतसम्म ब्याजदर दिएको थियो। त्यस्तै ,बैंकले कल निक्षेपको ब्याजदर पनि २.३० प्रतिशतबाट घटाएर २ प्रतिशत कायम गरेको छ।
बैंकको आधारदर घटेर ११.१४ प्रतिशत कायम भएको छ। यसअघि आधारदर ११.५२ प्रतिशत थियो। आधारदार घटेसँगै अब माबाट कर्जाको ब्याजदर पनि घट्ने भएको छ।
प्रतिक्रिया