मुक्तिनाथ कृषि कम्पनीको पाचौं साधारणसभा सम्पन्न

शुक्रबार, २७ पुस २०८०, १६ : १३

काठमाडौँ - मुक्तिनाथ कृषि कम्पनीको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सभाले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजना पारित गरेको छ । साथै सभाले सर्वसम्मत रुपमा नयाँ सञ्चालक समितिको चयन गरेको छ। जसमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल, संस्थापक संस्थागततर्फ मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणतर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका छन् । 

यसैगरी, बिहीबार बसेको निर्वाचित सञ्चालकहरुको बैठकबाट सीताराम काफ्ले कम्पनीको अध्यक्षमा चयन भएका छन् ।त्यस्तै,  उक्त बैठकबाट चार वर्षे कार्यकालका लागि भरतराज ढकाल प्रबन्ध निर्देशकमा चयन भएका छन् ।कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको  कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी बस्तु तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ । 
 

कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रमा जोड दिंदै आएको बताएको छ । 

शुक्रबार, २७ पुस २०८०, १६ : १३

प्रतिक्रिया