काठमाडौं। कृषि विकास बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ५.७५० प्रतिशत ब्याजदर कायम गर्ने भएको छ । रेमिट्यान्स खातामा भने ६.७६० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ८.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०१२ प्रतिशत, व्यक्तिगततर्फ ९.०१२ प्रतिशत र रेमिट्यान्समा १०.०१२ प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।
प्रतिक्रिया