माघ महिनाका लागि प्रभु बैंकले घटायो ब्याजदर , नयाँ व्याजदर कति ?

आइतबार, २९ पुस २०८०, १० : ०३

काठमाडौं । यतिबेला बैंकहरुले माघ महिनाका लागि बैंकहरुले धमाधम आफ्नो व्याजदर घटाएका छन् ।  सोही क्रममा प्रभु बैंकले समेत माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ। बैंकले विभिन्न खातामा भोली माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले प्रकाशित गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।

त्यस्तै बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

आइतबार, २९ पुस २०८०, १० : ०३

प्रतिक्रिया