साना किसान लघुवित्तको २२ औँ साधारण सभा सम्पन्न

आइतबार, २९ पुस २०८०, १७ : ४०

काठमाडौँ - साना किसान विकास लघु वित्त वित्तीय संस्था लि. ले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । 

 लघुवित्तले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी रु.३,३३,१६,१८,२०४ को १४ दशमलव २५ प्रतिशतले हुने रु. ४७,४७,५५,५९४ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश रु २,४९,८७,१३६ गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम रु। ४९,९७,४२,७३० वितरणका लागि प्रस्ताव पारित गरिएको छ ।

आइतबार, २९ पुस २०८०, १७ : ४०

प्रतिक्रिया