३० अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बुधबार, ०३ माघ २०८०, ११ : २९

काठमाडौं- नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संकलन गर्न लागेको छ । बुधबार निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । १४ दिन अवधिका लागि यो उपकरण प्रयोग गर्न सकिने छ । यसको साँवा र ब्याज भुक्तानी गर्ने अवधि माघ १७ गते रहेको छ ।

ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

बुधबार, ०३ माघ २०८०, ११ : २९

प्रतिक्रिया