सामसङलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो फोन निर्माता कम्पनी बन्यो एप्पल

३ महिना अगाडि

काठमाडौँ - स्मार्टफोन निर्माता कम्पनी सामसङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो फोन निर्माता कम्पनी बनेको छ । पहिलो पटक सामसङलाई पछि पार्दै एप्पल सबैभन्दा बढी स्मार्टफोन बजारमा पठाउने कम्पनी बनेको हो । त्रैमासिक रूपमा मोबाइल फोन ट्रयाक गर्ने कम्पनी इन्टरनेशनल डेटा कर्पोरेसन ९आईडीसी० का अनुसार पहिलो पटक बजारमा स्मार्टफोन पठाउने होडमा एप्पल पहिलो भएको हो ।

सामसङले चिनियाँ फोन निर्माता शाओमी, ओप्पो र ट्रान्ससनलाई पछि पार्दै १९।४ प्रतिशत बजार हिस्सा लिएको छ ।आईडीईसीका अनुसार एप्पलले सन् २०२३ मा कुल २३ करोड ४६ लाख स्मार्टफोन बजारमा पठाएर उक्त कीर्तिमानी कायम गरेको हो । यता सामसङले भने सोहि अवधिमा २२ करोड ६० लाख स्मार्टफोन बजारमा पठाएको छ । त्यसपछि साओमी र ओप्पोले क्रमशः १४ करोड ५० लाख र १० करोड ३१ लाख स्मार्टफोन बजारमा पठाएका छन् । तर कोरोना महामारी पछि भने  धेरै मानिसहरू अपग्रेड भएपछि स्मार्टफोनको बिक्री घटेको छ।यो वर्ष भने बजार मागमा सुधार आउने विज्ञहरुको अनुमान छ ।


यसले सामसुङलाई भने झट्का दिएको छ । कम्पनी अहिलेसम्म मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरूको विश्वको सबैभन्दा ठूलो निर्माताको रूपमा शीर्ष स्थानमा थियो। दक्षिण कोरियाली इलेक्ट्रोनिक्स यो कम्पनीको उपभोक्ता इलेक्ट्रोनिक्सको विश्वव्यापी माग कमजोर रहेकोले यसको नाफा अपेक्षा भन्दा बढी घट्ने  अनुमान छ। यसले ट्रान्ससन र शाओमी जस्ता सस्तो एन्ड्रोइड मोडेलहरूबाट पनि प्रतिस्पर्धाको सामना गरिरहेको छ ।

-एजेन्सी

३ महिना अगाडि

प्रतिक्रिया