काठमाडौं- कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।
यसअवधिमा खुद नाफा ३२.१९ प्रतिशतले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा नेट फि तथा कमिसन २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ, सञ्चालन नाफा ३२.२४ प्रतिशतले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ । समिक्षा अवधिसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३।३१ रुपैयाँ बढेर १५.७८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.३६ गुणा रहेको छ ।
प्रतिक्रिया