सोनापुर मिनरल्सद्धारा साधारणसभा आह्वान

विहीबार, ०४ माघ २०८०, ०८ : ५५

काठमाडौँ- सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोनापुर सिमेन्ट) ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ २६ गते दाङको घोराही १५ मा रहेको होटेल माला इनमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र संचालक चयनको लागि मतदान गर्न सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

साधारण प्रस्ताव

१.आ.व. २०७९र०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको
आ.व. २०७९र०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०र०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४.कम्पनी ऐन, २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभुत शेयरधनी वा संचालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने प्रस्तव उपर छलफल गरी पारित गर्ने ।

५. सर्वसाधारण शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद– २ (दुई) को निर्वाचन गर्ने ।

६. प्रबन्ध संचालक तथा अन्य संचालकहरुको सेवा सुविधा सम्बन्धमा छलफल गरी पारित गर्ने ।

विहीबार, ०४ माघ २०८०, ०८ : ५५

प्रतिक्रिया