तारागाउँ रिजेन्सी होटल्सद्धारा नगद लाभांस वितरण

शुक्रबार, ०५ माघ २०८०, ०८ : २१

काठमाडौँ- तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। 

कम्पनीले गत पुस २४ गते सम्पन्न २७ औँ वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत नगद लाभांस (कर सहित)  सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

कम्पनीले पुस ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा उक्त नगद लाभांस जम्मा गरिएको जनाएको छ। हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका  र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। 

शुक्रबार, ०५ माघ २०८०, ०८ : २१

प्रतिक्रिया