रिलायबल नेपालले बोलायो साधारण सभा

शुक्रबार, ०५ माघ २०८०, १२ : ४४

काठमाडौँ - रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा माघ २९ गते बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशतलाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

शुक्रबार, ०५ माघ २०८०, १२ : ४४

प्रतिक्रिया