लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

शुक्रबार, ०५ माघ २०८०, १५ : १०

काठमाडौँ - लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ ।नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक  रहेको छ ।यस सेवा नेप्सले भिसाको सहायक संस्था, साईबरर्सोससँगको सहकार्यमा विकास गरेको हो ।कम्पनीका अनुसार यस सेवाको सुचारु पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्ममार्फत् अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निमित्त ग्राहक मार्फत भुक्तानी लिनको लागि थप एउटा मध्यम हुन सक्दछ ।उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकता बिना छिटो र सहज रूपमा कार्डमार्फत् अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

यो सुविधाले देशमा ई-कमर्स कारोबार बढ्ने विश्वास कम्पनीले लिएको छ ।

शुक्रबार, ०५ माघ २०८०, १५ : १०

प्रतिक्रिया