इलेक्ट्रिक स्कुटर: २० पैसाको बिजुलीले १ किलोमिटर यात्रा

४ बर्ष अगाडि

काठमाडौँ – पछिल्लो समय  विद्युतीय स्कुटरले बजारमा निकै माग बढिरहेको छ ।  पेट्रोल पनि नचाइने र महङ्गो मूल्य पनि नपर्ने भएपछी यसले बजारमा निकै ठाउ लिदै गएको छ ।  

बजारमा यस्तो सवारीको साधन आएको छ, जुन २० रुपैयाँ बराबरको बिजुलीले चार्ज गरेर १०० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर यो सत्य हो । बजारमा यस्तो विद्युतीय स्कुटर आइसकेको छ ।

चीनको प्रशिद्ध मोटर कम्पनी बेलिङले निर्माण गरेको ५७८ जेट नामक विद्युतीय स्कुटरले प्रति किलोमिटर २० पैसाको मात्रै विद्युतीय उर्जा खपत गर्छ । अर्थात २० पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ ।

चीनको बेलिङग कम्पनीले ५७८ जेट स्कुटर कम्पनीले २० रुपैयाँ बराबरको विद्युत चार्ज गरेर १०० किलोमिटरसम्म गुड्ने सकिने जनाइएको छ । मूल्यमा र मर्मत खर्च अरुको तुलनामा न्युन रहको कम्पनीले जनाएको छ ।

पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्युनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर, बेलिङ कम्पनीले उत्पादन गरेको विद्युतीय स्कुटरको मूल्य १ लाख ३० हजार रुपैयाँ छ । कम्पनीले बजारमा ल्याएको विद्युतीय स्कुटरको ब्याट्री चार्ज गर्न ४ घन्टा देखी ६ घन्टासम्म लाग्छ, १०० किलोमिटर गुड्छ ।  ५७८ जेट स्कुटरमा ३२ एम्पीए र ७२ भोल्टेजको ब्याट्री प्रयोग भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया