कुलिङ पिरियड विवादबारे रामहरि : दोषी देखिए कारबाही भोग्न तयार छु

मंगलबार, १७ असार २०८२, १२ : ४०

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको चलखेलमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका छन्।

उनले सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा जसले गल्ती गरेको हो उसलाई कारबाहीको दायरामा ल्याइने बताए । 

उनले भने, ‘यो संसदमाथिको ठुलो प्रहार हो, यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ हुँदैन। त्यसमा हामी छानबिन गर्ने पक्षमा छौँ।’ उनले आफ्नो संलग्नता देखिए कारबाही भोग्न समेत तयार रहेको बताए । 

 
 
 
 
मंगलबार, १७ असार २०८२, १२ : ४०

प्रतिक्रिया