फोनपे र महालक्ष्मी विकास बैंकको सहकार्यमा “महालक्ष्मी फोनपे क्रेडिट कार्ड” सार्वजनिक

मंगलबार, १७ असार २०८२, १२ : १८

काठमाडौं — नेपालको डिजिटल भुक्तानी नेटवर्क फोनपेले महालक्ष्मी विकास बैंकसँगको सहकार्यमा “महालक्ष्मी फोनपे क्रेडिट कार्ड” सार्वजनिक गरेको छ। 

देशको विकास बैंकहरुमा यो पहिलो डिजिटल क्रेडिट कार्ड हो। पूर्ण रूपमा भर्चुअल स्वरूपको यो क्रेडिट कार्ड महालक्ष्मी विकास बैंकको मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत प्रयोग गर्न सकिनेछ । साथै प्रयोगकर्ताहरूले भौतिक कार्ड प्रयोग नगरी नै ४५ दिनसम्मको ब्याजरहित सुविधा, लचिलो भुक्तानी विकल्प लगायत परम्परागत क्रेडिट कार्डका सम्पूर्ण फाइदाको उपयोग गर्न सक्नेछन्। 

यसको प्रारम्भिक अवधिमा कार्ड प्रयोगकर्ताहरूले आफ्नो कारोबारमा ५० प्रतिशत सम्म क्यासब्याक (अधिकतम ५०० रुपैयाँं) प्राप्त गर्न सक्नेछन्।

नेपालमा डिजिटल क्रेडिट पहुँचलाई पुनः परिभाषित गर्ने विश्वासका साथै वित्तीय सेवातर्फको यात्रा अझै सशक्त बनाउने लक्ष्यसहित यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ।

 
मंगलबार, १७ असार २०८२, १२ : १८

प्रतिक्रिया