दाह्रि वाला परुष महिलाको नजरमा कत्तिको आकर्षक ?

४ बर्ष अगाडि

एजेन्सी – अचेल जहाँ गएपनि दाह्रि पाल्नेहरुको जमात देखिन्छ । लामो दाह्रि पालेर हिडिरहेको मान्छेमाथि जोसुकैको पनि नजर पर्छ । यस्तो मान्छेको व्यक्तित्व टाढैबाट झल्किन्छ । मान्छेले दाह्रिवालासंग हत्तपत्त झर्केर पनि बोल्न सक्दैनन् ।

दाह्रि पाल्ने प्रचलनको सुरुवात ईजिप्ट बाट भएको मानिन्छ तर आज भोलि  यसको फेसनले नेपाली युवाहरुलाई पनि आर्कषित गरेको  देखिन्छ ।
दाह्रि पालिराख्न त्यति सजिलो छैन । घर समाज देखि कार्यालय सम्म दाह्रि काट्न भनेर दवाब आइरहेका नै हुन्छन तर पनि पाल्ने हरु भने पाल्न छोड्दैनन् । कोही आफ्नो केटी साथी तथा श्रीमतीको दवाबमा काट्छन भने उनीहरुकै सल्लाहमा दाह्रि पाल्नेहरुको संख्या पनि धेरै नै छ ।

अब कुरा उठ्छ महिलालाई दाह्रि पालेका पुरुष कत्तिको ठिक लाग्छन् र ?

दाह्रिलाई लिएर महिलासंग गरिएका बिभिन्न अनुसन्धान मध्ये कुनैले दाह्रि पाल्ने पुरुष महिलालाई मन पर्ने तथा कुनैले दाह्रि खौरेका पुरुष मन पर्ने देखाएको छ । यसबारेमा अझैसम्म पनि एकमत हुन सकेको छैन । वैज्ञानिकहरुका अनुसार मानव विकासको इतिहासमा पुरुषलाई महिला भन्दा अलग रुप दिनको लागि दाह्रिको बिकास भएको हो ।
बेलाएतमा सन् १८४२ देखि १९७१ को बिचमा कपाल,दाह्रि जुंगा पाल्ने फेसन माथि एउटा अध्ययन भएको थियो । त्यो अध्ययन अनुसार जो पुरुष केटी साथीको खोजीमा थिए उनिहरुले दाह्रि पाल्ने गरेको पाइयो । त्यो समयमा बेलाएतमा महिलाको तुलनामा पुरुषको संख्या एकदमै धेरै थियो र महिलालाई लोभ्याउनको लागि अविवाहित पुरुषमा दाह्रि जुंगा राख्ने चलन थियो ।

पुरुषलाई शक्तिशाली देखाउने संकेत दाह्रि मात्र होइन 
पुरुषलाई शक्तिशाली देखाउनमा दाह्रिले मात्र होइन उसको अवाजले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । बेलाएतमा दाह्रि जुंगा र आवाजको महत्व बुझ्नको लागि एउटा प्रयोग भएको थियो ।यसमा ६ जना पुरुषको भिडियो बनाइएको थियो जो दाह्रि पाल्ने गर्थे । त्यसपछी कम्प्युटरको सहायताले उनको आवाजलाई परिवर्तन गरियो । बीस पुरुष र बीस महिला लाई उनको बारेमा भन्न आ आफ्नो विचार भन्न लगाए । उनिहरुको विचार अनुसार दमदार आवाज वाला पुरुषलाई महिलाले बढि रुचाएको देखियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया