फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

मंगलबार, २५ बैशाख २०८१, १८ : १७

काठमाडौँ - फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौँको वन सिनेमामा एक समारोहकोबीच सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक असर देखाउन खोजिएको छ । 

कार्यक्रममा फिल्मका कलाकार प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाललगायत सहभागी थिए । कार्यक्रममा कलाकारले फिल्म अभिनय र भूमिकाको विषयमा जानकार दिएका थिए । दिनेश राउत निर्देशित विकास सुवेदीले लेखेका हुन् । सुवास भुसालले निर्माण गरेको फिल्म नेपालमा आरआर फिल्मस र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । 

मंगलबार, २५ बैशाख २०८१, १८ : १७

प्रतिक्रिया