अहिलेसम्मकै ठूलो रकम ६०० करोडमा ‘रामायण’ बन्दै,  ऋतिक राम, दीपिका सीता र रावण प्रभास

४ बर्ष अगाडि

निर्देशक नितेश तिवारीको नयाँ फिल्म ‘छिछोरे’ बक्स अफिसमा आफ्नो रफ्तारमा चलिरहेको छ । लगभग तीन वर्ष पहिले आएको सुपरहिट फिल्म ‘दंगल’ पछि निर्देशक तिवारीले सुशान्त सिंह राजपूत र श्रद्धा कपूर अभिनित फिल्म पनि निर्माण गरे । 

निर्देशक तिवारी पछिल्लो समय अहिलेसम्मकै सबैभन्दा ठूलो प्रोजेक्ट गर्ने योजनामा रहेको समाचार बाहिरिएको छ । उनको नयाँ प्रोजेक्टको रुपमा हुनेछ फिल्म ‘रामायण’ ।

एक सुत्रका अनुसार निर्देशक तिवारीसँग अल्लू अरविन्द, नमित मल्होत्रा र मधु मन्टेनाले पनि उक्त महत्वाकांक्षी प्रोजक्ट गर्नको लागि सहयोग गर्नेछन् । 

निर्देशक तिवारीले भनेका छन्, ‘छिछोरेपछि म रामायण गर्न खोजिरहेको छु । जसको उद्घोष केही समय अगाडि नै भएको थियो । यसलाई राम्रो भन्दा पनि राम्रो बनाउन हर कोशिश गर्नेछु ।’

ऋतिक रोशन, दीपिका पादुकोण राम र सीता अनि प्रभास रामण भन्ने कुरा अफवाह मात्रै भएको पनि उनले जिकिर गरे । तर यसको बारेमा छलफल भइरहेको जानकारी दिए । 

सुत्रका अनुसार यस फिल्मको लागि ६०० करोड भारतीय रुपियाँ खर्च गरिनेछ । यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्यको फिल्म हुनेछ । फिल्म हिन्दी, तामिल र तलुगु भाषामा रिलीज हुनेछ । फिल्म निर्माताहरु प्रभासलाई नै रावण बन्न सुहाउने भएकाले काम गर्नको लागि कुराकानी भइरहेको बताउँछन् ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया