राष्ट्रिय विज्ञान पुरस्कार भण्डारी र अधिकारीलाई

४ बर्ष अगाडि

यस वर्षको राष्ट्रिय विज्ञान पुरस्कार साइन्स इन्फोटेक अनलाइनका प्रधानसम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचार वाचिका सन्तोषी अधिकारीलाई प्रदान गरिएको छ ।
 
पत्रकारद्वय भण्डारी र अधिकारीले विज्ञान र प्रविधिका क्षेत्रमा पत्रकारिताका माध्यमबाट उल्लेखनीय योगदान पु¥याएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनही रु १५ हजार पुरस्कार सहित सम्मान गरेको हो । 

पुरस्कृत भण्डारी एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न हुनुहुन्छ  । उहाँका विभिन्न विषयका १२ पुस्तक, आठ अनुसन्धानात्मक प्रतिवेदन ‘वैज्ञानिक जगत्’ नामक जर्लनमा प्रकाशित हुनाका साथै विभिन्न अनलाइन तथा पत्रपत्रिकामा पनि एक हजारभन्दा बढी लेख  प्रकाशित भएका छन् ।

त्यसैगरी पत्रकार अधिकारी पनि विगत १४ वर्षदेखि विभिन्न सञ्चार माध्यममा काम गर्दै आउनुभएको छ । उहाँका विज्ञानसँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक लेख र रचना प्रकाशित छन् । यस वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा ‘विज्ञान, प्रविधि र नवप्रवर्तन र सामाजिक आर्थिक रुपान्तरण’ तय गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया