नेपाल बैंकले ल्यायो दुई नयाँ योजना

कात्तिक २६, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वर्ष प्रवेशका अवसरमा विभिन्न योजना अगाडि सारेको छ । बैंकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बैंकले ‘ग्रिन सेभिङ निक्षेप योजना’ र ‘सुलभ आवास कर्जा योजना’ अगाडि सारेको हो ।

बैंकले ग्रिन सेभिङ निक्षेप योजनामा सहभागी हुनेलाई  ५० हजारसम्मको औषधिउपचार सुविधा,  ५० लाखसम्मको दुर्घटना बीमालगायतका सुविधा प्राप्त गर्नेछन् । न्यूनतम मौज्दातमा  २५ हजारमा बचत खाता खोल्न सकिने सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई ६ दशमलव ५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।

सो योजनाअन्तर्गत सङ्कलन हुने निक्षेपको रकम बैंकले नवीकरणीय ऊर्जा तथा वातावरणमैत्री क्षेत्रमा प्रवाह गर्नेछ । बैंकले ल्याएको यस योजनाले ग्राहकको आर्थिक हित प्रवद्र्धन गर्नाका साथै नागरिकमा वातावरणीय सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।

यस्तै बैंकले सुलभ आवास कर्जा योजनाअनुसार बैंकको आधार ब्याजदरमा थप एक–दुई प्रतिशतसम्म किस्ता थप गरी न्यूनतम पाँच वर्षदेखि २० वर्षसम्मको अवधिका लागि आवास कर्जा प्राप्त गर्न सक्नेछन् । सो योजनामा ग्राहकले अग्रिम भुक्तानी शुल्क तिर्नुपर्ने छैन । ग्राहकले आनै जग्गामा घर निर्माण गर्न, घर खरीद गर्न, घर मर्मतसम्भारका लागि सुलज ब्याजदरमा कर्जा प्राप्त गर्नेछन् ।

बैंकको हाल सात प्रदेशका ६३ जिल्लामा रहेका १६७ शाखा, २३ एक्सटेन्शन काउन्टर, १०२ एटिएम सञ्चालनमा छन् । बैंकले कूल १७ लाख ग्राहकलाई सेवा दिएको छ । चालू आवको प्रथम त्रैमासको अन्त्यसम्म बैंकमा निक्षेप एक खर्ब १७ अर्ब तथा कर्जा  ९८ अर्ब ४६ करोड रहेको छ । सो अवधिमा बैंकले रु ५८ करोड १८ लाख खुद मुनाफा आर्जन गरी अधिकांश वित्तीय सूचक सकारात्मक रहेको छ ।     
 

    

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८