अप्रिलिया एसआर १७५ सीसी इन्जिनमा लन्च हुने, कति पर्छ मूल्य ?

बुधबार, १८ असार २०८२, १३ : १३

काठमाडौं- अप्रिलियाको प्रिमियम स्कुटर एसआर १७५ सीसी इन्जिनमा आउने भएको छ । 

हाल १६० सीसी इन्जिनमा उपलब्ध यस स्कुटरमा अप्रिलियाले १७५ सीसी क्षमताको नयाँ इन्जिन दिन लागेको हो ।

अर्को महिना लन्च हुने तयारीमा रहेको एसआर १७५ मा १७५ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन जडान गरिनेछ, जसले ७ हजार २०० आरपीएममा १२.७४ बीएचपी पावर र ६ हजार आरपीएममा १४.१४ एनएम टर्क जेनेरेट गर्दछ ।

अप्रिलिया एसआर नेपाली बजारमा समेत उपलब्ध एक प्रिमियम स्कुटर हो । डेल्टा अटोकर्पले बिक्री गर्दै आएको एसआर १६० को मूल्य नेपाली बजारमा ३ लाख ९६ हजार रुपैयाँ पर्छ ।

 
बुधबार, १८ असार २०८२, १३ : १३

प्रतिक्रिया